काठमाडौं । स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका र्यापर बालेन शाहको प्रचारमा कलाकर्मीले पनि साथ दिइरहेका छन् । करिब दुई महिना अगाडि सामाजिक सञ्जालबाट काठमाडौँको मेयरमा उठ्ने घोषणा गर्दै चर्चामा रहन सफल उनले स्वतन्त्रबाट महानगरपालिकाको उम्मेदवारी दर्ता गरेका छन् ।
उनको समर्थनमा कलाकारले सक्रिय तथा सामाजिक सञ्जाल मार्फतसाथ दिइरहेका छन् । निर्देशकहरू दीपेन्द्र के खनाल, निश्चल बस्नेत, प्रियङ्का कार्की,स्वस्तिमा खड्का, निशा अधिकारी, नम्रता श्रेष्ठ, कलाकार निर्मल शर्मा, गायक हेमन्त शर्मा, गायिका इन्दिरा जोशी लगायत सेलब्रेटीले बालेनको घोषणा पत्र नै सामाजिक सञ्जालमा शेयर गरेर उनलाई समर्थन गरिरहेका छन् ।
सेलिब्रेटीले सामाजिक सञ्जाल मार्फत समर्थन मात्र होइन बालेनको पक्षमा भोट पनि मागिरहेका छन् । अभिनेत्री स्वस्तिमा खड्काले बालेनको घोषणा पत्र शेयर गर्दै ‘भोटफर बालेन’ भनेकी छन् । त्यस्तै कलाकार निर्मल शर्मा ‘गैँडा’ले आफुले बालेनलाई भोट हाल्ने जनाएका छन् । शर्मा पछिल्लो समय बालेनको धेरैजसो कार्यक्रममा देखिँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ बैशाख २०७९, १३ : ५९
लेखकबाट थप