सत्ता गठबन्धन बैठक

एमालेसँग भएको तालमेल खारेज गर्ने सत्ता गठबन्धनको निर्णय

सफल खबर संवाददाता

बुधबार, १४ बैशाख २०७९, १३ : ४९
एमालेसँग भएको तालमेल खारेज गर्ने सत्ता गठबन्धनको निर्णय

file-photo

काठमाडौं । सत्तारुढ दलहरुले नेकपा एमालेसँग भएको चुनावी तालमेल खारेज गर्ने भएका छन् ।

गठबन्धनका शीर्ष नेताहरुको बुधबार बसेको बैठकले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तामेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय भएको छ । दलहरुले यसअघि पनि गठबन्धनमा आवद्ध दल बाहेक अरुसँग तालमेल नगर्ने सहमति गरेका थिए ।

तर एकाध ठाउँमा कांग्रेस र एमालेबीच तालमेल भएको छ भने एकीकृत समाजवादीले समेत एमालेसँग तालमेल गरेको पाइएको नेताहरुले बताएका छन् । तालमेल खारेज भएका ठाउँमा गठबन्धनकै दलका अन्य उम्मेदवारलाई समर्थन गरेर अघि जाने विकल्पमा समेत छलफल भएको छ ।


 

प्रतिक्रिया दिनुहोस