काठमाडौं । स्याङ्जामा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका-१२ बस्ने २० वर्षीय अभिषेक सुनार र सोही महानगरपालिका-१३ बस्ने १९ वर्षीय विमल थापा रहेका छन् ।
गल्याङ नगरपालिका–१ राम्दीबाट नियन्त्रित लागूऔषध फेनारगन २२ एम्पुल, नुर्फिन २१ एम्पुल डाइजेपाम २१ एम्पुल र २ थान सिरिञ्जसहित उनीहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बुटवलबाट पोखरातर्फ आउँदै गरेको ना४ख ३८९४ नम्बरको बसलाई राम्दी चेक पोइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ बैशाख २०७९, १७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा क्रिप्टो करेन्सी कारोबार गर्ने र १२ लाखभन्दा बढी अनलाइन ठगी गर्ने ४ जना पक्राउ
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ
नक्कली नोटसहित एक जना पक्राउ
रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ
शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै
मोटरसाइकल चोरेको आरोपमा २ युवक पक्राउ