काठमाडौं । काठमाडौं महानगरपालिकाको भावी मेयरका लागि नेपाली कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ ।
कांग्रेसका जिल्लास्तरिय एक नेताका अनुसार दिउँसो १ बजे शान्तिबाटिका रत्नपार्कमा भेला भएर र्यालीसहित उम्मेदवारी दर्ता गर्न जाने तयारी भएको छ । सिंह पाँच दलीय गठबन्धनवाट मेयरकी साझा उम्मेदवारसमेत भएकी छन् । उनी पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् ।
काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि रहेकी सिंह पार्टीका भातृ संगठन नेविसंघ, महिला संघ हुँदै लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय छिन् । काठमाडौं कांग्रेसमा प्रकाशमानको पकड रहेको मानिएकाले पनि सिंहलाई मेयरमा उठाइएकाे बुझिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ बैशाख २०७९, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट
एनपीएल उद्घाटन खेलमा जनकपुरविरुद्ध टस जितेर फिल्डिङमा उत्रियो काठमाडौँ
काठमाडौँ-ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि
एनपीएलका लागि काठमाडौंले रिटेन गर्यो ६ खेलाडी
काठमाडौंका नगरप्रहरी प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बित
कश्मीरमा भएको आतंकारी हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन