काठमाडौं । काठमाडौं महानगरपालिकाको भावी मेयरका लागि नेपाली कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ ।
कांग्रेसका जिल्लास्तरिय एक नेताका अनुसार दिउँसो १ बजे शान्तिबाटिका रत्नपार्कमा भेला भएर र्यालीसहित उम्मेदवारी दर्ता गर्न जाने तयारी भएको छ । सिंह पाँच दलीय गठबन्धनवाट मेयरकी साझा उम्मेदवारसमेत भएकी छन् । उनी पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् ।
काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि रहेकी सिंह पार्टीका भातृ संगठन नेविसंघ, महिला संघ हुँदै लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय छिन् । काठमाडौं कांग्रेसमा प्रकाशमानको पकड रहेको मानिएकाले पनि सिंहलाई मेयरमा उठाइएकाे बुझिएकाे छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ बैशाख २०७९, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थापाथलीमा डोजरको त्रासमा निसास्सिएका सपनाहरूः घर भत्किँदा टुटेको मान्छेको सहारा (फोटो फिचर)
बैजनी रङमा रंगिएको काठमाडौंः सडकमा पोखिएको वसन्तको मधुर सपना’ (फोटो फिचर)
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
आज र भोलि काठमाडौँ-दुबई उडान हुँदै
धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने
चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट