कांग्रेसले विराटनगर मेयरमा नागेश कोईरालालाई दियो टिकट

सफल खबर संवाददाता

सोमबार, १२ बैशाख २०७९, ११ : २५
कांग्रेसले विराटनगर मेयरमा नागेश कोईरालालाई दियो टिकट

काठमाडौं । विराटनगर महानगरपालिकामा मेयरको टिकट नेपाली कांग्रेसले नागेश कोइरालालाई दिएको छ ।

उनी कांग्रेस नेता शेखर कोइराला निकट नेता हुन् । यसअघि सभापति शेरबहादुर देउवाले अमृत अर्याल या डा. डिला संग्रौलामध्ये एकलाई उमेदवार बनाउने तयारी गरेका थिए । तर विवाद बढेको थियो । सभापतिले कोइरालालाई नै टिकट दिएको उनी निकट नेताले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस