काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आइतबार उच्च अंकको वृद्धि भएको छ । पछिल्लो समय निरन्तर ओरालो यात्रामा रहेको नेप्सेमा आइतबार एकैदिन ९५ अंकमाथिको सुधार आएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक अधिकतम ९५.४६ अंकले बढ्दै २४ सय २०.९१ अंकमा उक्लिएको हो । यो गत हप्ताको सूचकको तुलनामा ४.११ प्रतिशतको वृद्धि हो ।
उसो त यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १७.७४ अंकले बढ्दै ४६०.८८ अंकमा उक्लिएको छ । अधिकतम ९५ अंकमाथिले बढेको यस दिन अधिकांश कम्पनीका सेयर मूल्य ८ प्रतिशत माथिले बढेका छन् ।
नेप्सेका अनुसार १० वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने, दुई दर्जन माथिका कम्पनीहरुको सेयर मूल्य ८ प्रतिशत माथिले बढेको छ । आज १३ वटा उपसूचकहरु मध्ये सबैभन्दा बढी हाइड्रोपावर समूहको ७.३२ अंकले बढेको छ भने सबैभन्दा कम ट्रेडिङ समूहको १.०५ प्रतिशतले मात्र बढेको छ । उच्चदरले नेप्से बजार बढेको यस दिन कारोबार रकममा समेत वृद्धि हुँदै २ अर्ब ५३ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ बैशाख २०७९, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार १ प्रतिशत बढ्यो, ११ अर्ब ४१ करोडको कारोबार
सेयर बजार उच्चतम अंकमा, ९ अर्ब ६८ करोडको कारोबार
नेप्से परिसूचक २७०० माथि, कारोबार रकम ७ अर्ब ४५ करोड
नेप्से परिसूचक झिनो अंकले घट्यो
घट्यो सेयर बजार
बढ्यो सेयर बजार, ९ अर्ब ५० करोडको कारोबार