काठमाडौं । काठमाडौंको महाराजगन्जबाट २० जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र अध्यागमन विभागले शनिवार उनीहरुलाई पक्राउ गरेको अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले बताए ।
पक्राउ गरिएका चिनियाँ नागरिकमध्ये केही भिसा बिना नै नेपालमा बसेको भेटिएको छ । विभागले अनुगमन गर्दा पर्यटक भिसामा आएर व्यापार गरेको भेटिएपछि उनिहरुलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ गरिएका चिनियाँलाई कानुनी कारवाही गर्न अध्यागमन विभागको जिम्मा लगाइने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ बैशाख २०७९, १३ : ३४
लेखकबाट थप