काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार देशैभर उम्मेदवारी दर्ता भइरहेको छ। यो क्रम सोमबार पनि जारी रहनेछ । उम्मेदवारी दर्ताका लागि वडा सदस्यमा ५००, वडाध्यक्षमा १ हजार र अध्यक्ष–उपाध्यक्ष वा मेयर–उपमेयरमा १ हजार ५०० रुपैयाँ धरौटी राख्नुपर्नेछ ।
निर्वाचन आयोगले यस्तो धरौटी महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिको हकमा ५० प्रतिशत छुट हुने जनाएको छ । उम्मेदवारी दर्ताका लागि नेपाली नागरिकताको प्रमाणापत्रको प्रतिलिपी, धरौटी राखेको बैंक भौचर वा नगदी रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र र सम्बन्धित स्थानीय तहको मतदाता भएको प्रमाण देखाउनु पर्ने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ बैशाख २०७९, १३ : १९
लेखकबाट थप