स्थानीय तह निर्वाचन

पूर्ण रुपमा आचार संहिता पालना गर्न आयोगको आग्रह, सार्वजनिक स्थानमा दलको झण्डा राख्न नपाइने

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, १६ : ५२
पूर्ण रुपमा आचार संहिता पालना गर्न आयोगको आग्रह, सार्वजनिक स्थानमा दलको झण्डा राख्न नपाइने

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पूर्ण रुपमा आचार संहिता पालना गर्न आग्रह गरेको छ । शनिवार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै आएका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले जारी गरेको ६० बुँदे आचार संहिता पालना गर्न ध्यानाकर्षण गराए । 

उनले कुनै सार्वजनिक स्थानमा दलको झण्डा राखेको भए त्यसलाई हटाउन आग्रह गरे । उम्मेदवार मनोनयन दर्ताका लागि जाँदा पनि ३ बाई ३ साइजको एउटा मात्र झण्डा प्रयोग गर्न उनको आग्रह छ । साथै कुनै दलको झण्डा, चिन्ह भएको भेष्ट, टोपी, गम्छा नलगाउन र त्यस्ता चिन्ह अंकित झोला नबोक्न पनि आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ । त्यस्ता सामग्री प्रयोग गरे कारवाहीमा पर्ने आयोगको भनाई छ ।

आयोगले संविधानले व्यवस्था गरेको समावेशी सिद्धान्तका आधारमा उम्मेदवार दर्ता गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्माले उम्मेदवारी दर्ताको सबै तयारी भइरहेको बताउदै ७ सय ५३ मा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस