कोरोना अपडेट : थप १८ जनामा संक्रमण पुष्टि, १७ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, १६ : ३६
कोरोना अपडेट : थप १८ जनामा संक्रमण पुष्टि, १७ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६९१ जनाको पीसीआर परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार २५६ जनाको एन्टिजेन परीक्षण गरिए पनि एकजनामा पनि संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर २८३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस