राष्ट्रसंघका महासचिवले पुटिन र जेलेन्स्कीसँग भेट गर्ने

एजेन्सी

शनिबार, १० बैशाख २०७९, १३ : ३९
राष्ट्रसंघका महासचिवले पुटिन र जेलेन्स्कीसँग भेट गर्ने

मस्को । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी नेता भोलिोदिमिर जेलेन्स्कीलाई भेट गर्ने भएका छन् । महासचिव गुटरेसले मंगलबार राष्ट्रपति पुटिनलाई मस्कोमा भेट्नेछन् । गुटरेसले विदेशमन्त्री सर्गेइ लाभरोभसँग पनि भेट गर्नेछन् ।  

पुटिन र लाभरोभसँग्को भेटपछि महासचिव गुटरेसले बिहीबार किभमा युक्रेनी राष्ट्रपति पुटिन र विदेशमन्त्री दिमित्रो कुलेबासँग भेट गर्नेछन् । रूस र युक्रेन दुवै राष्ट्रसंघका संस्थापक सदस्य हुन् । 

युक्रेन युद्ध अन्त्यका लागि राष्ट्रसंघमाथि चर्को दबाब छ । -एजेन्सी