काठमाडौं । यो साता सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म सुनको भाउ ११ सय रुपैयाँले घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख १५०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।
जुन, शुक्रबारसम्म १५ सयले घटेर छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४०० रुपैयाँ छ । साताको आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार बढेको थियो । यस्तै, मंगलबार ओरालो लागेर तोलामा १ लाख २ हजार १०० रुपैयाँ तथा बुधबार १ लाख ६०० रुपैयाँ तोकिएको थियो । जुन, बिहीबार प्रतितोला १ लाख ९०० रुपैयाँ कायम हुँदा शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
यसैगरी, यो साता चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेको छ । गत साताको शुक्रबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो साताको शुक्रबार १३ सय ६० रुपैयाँमा आइपुगेको महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० बैशाख २०७९, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोलामा २ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो,चाँदी स्थिर
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?