काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा बोलाएको छ । सभा आउँदो वैशाख २५ गते बस्ने छ । सभाले कम्पनीको पूँजी वृद्धि गरी अधिकृत पूँजी पाँच अर्ब र जारी पूँजी तीन अर्ब रुपियाँ पुर्याउने प्रस्ताव पास गर्ने योजना छ ।
त्यस्तै, तोकिएको चुक्ता पूँजी कायम गर्ने क्रममा सर्वसाधारणलाई छुट्याइएको शेयर सार्वजनिक निष्काशन गर्ने कम्पनीले जनाएको हो । महालक्ष्मी लाइफ र अन्य कुनै पनि जीवन बीमा कम्पनी एक आपसमा गाभ्न, गाभिन वा प्राप्ती गर्न आवश्यक भए सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने कम्पनी सचिवले जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ बैशाख २०७९, १५ : १९
लेखकबाट थप