काठमाडौं ।नेपाली उपभोक्ताहरूले नोकियाबार फोन किनेको १ वर्षसम्म रिप्लेसमेन्ट वारेन्टी पाउने भएका छन्।नोकिया फोनको उत्पादक एचएमडी ग्लोबलले किनेको एक वर्षसम्म फोनमा कुनै पनि प्राविधिक समस्या आएमा साट्न सकिने जानकारी कम्पनीले दिएको छ।
उपभोक्ताको यो विश्वासलाई कायम राख्न र आफ्नो ब्रान्ड लोयल्टी अझै बढाउन नोकियाले आफ्नो बार फोनहरूमा रिप्लेसमेन्टको सुविधा ल्याएको हाे।यो अभियानअन्तर्गत उपभोक्ताहरूले अधिकारिक वितरक र साेरुममा गएर आफ्नो पुरानो नोकियाबार नयाँँ फोनसँग साट्न सक्नेछन्।यो योजना नोकियाको १०५, ११०, ५३१०, ६३१०, १५०, २१०, र १२५ मोडलमा लागू हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ बैशाख २०७९, १३ : ५४
लेखकबाट थप