७.३७ प्रतिशत लाभांश पारित गर्दै आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न

सफल खबर संवाददाता

शुक्रबार, ०९ बैशाख २०७९, १३ : ३८
७.३७ प्रतिशत लाभांश पारित गर्दै आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न

काठमाडौं ।इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश पारित गरेको छ ।

त्यस्तै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७७–७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७–७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, कम्पनीको सभाले चुक्ता पूँजी बृद्धि गरी २ अर्ब ५० करोड पुर्याउने प्रस्ताव समेत पारित गरेको हो ।

इन्स्योरेन्स कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ चैत्र २५ गते बुक क्लोज गरेको हुदाँ चैत्र २४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कायम शेयरधनीले मात्रै लाभांश प्राप्त गरेका हुन ।

प्रतिक्रिया दिनुहोस