१९ वर्षमुनिको महिला विश्वकपका लागि क्यानले बोलायो ४४ खेलाडी

सफल खबर संवाददाता

विहीबार, ०८ बैशाख २०७९, १८ : ०९
१९ वर्षमुनिको महिला विश्वकपका लागि क्यानले बोलायो ४४ खेलाडी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले दुई महिनापछि मलेसियामा हुने यू–१९ वुमन्स विश्वकप एसिया क्षेत्रको छनोटको लागि प्रारम्भिक टोलीको घोषणा गरिएको छ ।अर्कोवर्ष दक्षिण अफ्रिकामा हुन लागेको यू–१९ विश्वकपको लागि क्यानले पहिलो चरणको तयारी स्वरूप ४४ सदस्य खेलाडी बोलाएको हो । अघिल्लो महिना धनगढीमा सम्पन्न यू–१९ राष्ट्रिय प्रतियोगिताको प्रदर्शनलाई आधार मान्दै खेलाडी छनोट गरिएको क्यानले जनाएको छ ।

प्रशिक्षण बैशाख १० देखि पोखरामा सुरु हुनेछ । एसिया क्षेत्र छनोटमा कति टोली सहभागी हुने निर्धारण भने भइसकेको छैन । शीर्ष स्थानमा रहने टोलीले २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू–१९ टि२० वुमन्स विश्वकप खेल्न पाउनेछ ।

घोषणा टोलीमा महिला राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी पनि छन् । सिनियर घरेलु प्रतियोगितामा राम्रो छाप छाडेका कृतिका मरासिनी, साना प्रविन, ज्योति दनवार, सुस्मिता भुषाल, स्वतिका बजागाई र ज्योत्स्किा मरासिनी, ज्योति दनवार लगायतका खेलाडी यू–१९ को प्रारम्भिक टोलीमा छन् ।

प्रतियोगितामा १२ टेस्ट टोली मध्य अफगानिस्तानले सहभागीता जनाउने छैन । प्रतियोगिता २०२३ को जनवरी फेबु्रअरीमा हुने आईसिसीले जनाएको छ । प्रतियोगितामा कुल १६ टोली सहभागी हुँदा ४१ खेल हुनेछन् ।

प्रतिक्रिया दिनुहोस