सुन्दर यातायातले बनायो नयाँ स्कुटर

सफल खबर संवाददाता

विहीबार, ०८ बैशाख २०७९, १७ : ०५
सुन्दर यातायातले बनायो नयाँ स्कुटर

काठमाडौं । सुन्दर यातायात प्रालि, सुन्दर ट्रेडर्स प्रालि र सुन्दर अटो इन्जििनियरिङ्ग प्रालिले विहीबार नयाँ विद्युतीय स्कुटर र मोटरसाइकल सार्वजनिक गरेको छ ।

बिहीबार आयोजना गरिएको सार्वजनिक कार्यक्रमको सञ्चालन टीपी भुषालले गरेका थिए भने सस्थाका अध्यक्ष भेष बहादुर थापाले कम्पनीको बिषयमा भावी योजना र हाल बिक्रीमा राखिएका सवारीसाधनको बिषयमा जानकारी गराएका थिए ।टेडर्सले चाइना बिएके गुआंग अटोमोबाईलबाट उत्पादन भएका विधुतिय बस, यूरो टेक्नोलोजीमार्फत आएको कुआसिसका बसहरु तथा इण्डिया ब्राण्डका एक्सर कम्पनीको स्कुटीहरु काठमाडौंमा सडकमा १२० किमिसम्म सहज रुपमा चल्न सक्ने अध्यक्ष थापाले बताए ।

साथै सुन्दर अटो इन्जिनियरिङ्ग प्रालिले इण्डियन प्राबिधिक र चाइनिज प्राविधिकको रेखदेखमा सुन्दर अटो इन्जििनियरिङ्ग प्रालिको १ सय प्रतिशत विधुतिय बाइक निर्माण तथा एसेम्बल समेत प्रदर्शन गरिएको थिथो ।

कम्पनीका इन्जिनियर पाण्डव पौडेलले दुइ पांग्रे स्कुटरलाई हाइब्रिड जस्तैः पेट्रोल र ब्याट्री दुबैबाट चलाउन सकिने १०० कि.मि चल्ने स्कुटर निर्माण गरिएको जानकारी दिए । सुन्दर यातायातले निकट भबिष्यमा देशका प्रमुख शहरहरुमा बिधुतिय बस सञ्चालन गर्ने उनले बतयातायातले बैशाख महिनाभित्र सुन्दर एपमार्फत मोटरसाइकल र स्कुटी अनलाईन सिस्टमबाट सेवा सुरु गर्ने छ । कम्पनीले यात्रुलाई बस, हाईस र स्कुटरबाट सेवा विस्तार गर्ने कम्पनीका अध्यक्ष भेष बहादुर थापाले बताए ।

सो कार्यक्रममा कम्पनीको सन्चालक सन्त बहादुर पुन, ऋतु चौलागाई र कम्पनीका अन्य सन्चालकहरु, सुन्दर अटो इन्जिनियरिङ्गका इन्जििनियर पान्डव पौडेलद्वारा प्राविधिक जानकारी तथा पेट्रोलबाट चलाउने सवारीसाधन सञ्चालनका बारेमा जानकारी गराएका थिए ।

१६० रुपैयाँ पर्ने पेट्रोलले १ लिटर तेलले २५ किमि कुद्ने तर विद्युतिय स्कुटरमा २६ किमि कुद्दा ७ रुपैयाँ मात्र खर्च हुने कम्पनीको भनाई छ । प्रविधियुतm सवारीसाधन जोखिम नरहेको अध्यक्ष थापाले बताए ।

कुनै पनि ब्रान्डका मोटरसाइकल र स्कुटीहरु ३ दिनभित्र विद्युतिय साधनमै परिणत गर्ने र विस्तारै ८ घण्टाभित्र एसेम्बल गर्न सक्ने तयारी पुरा गरेको कम्पनीका प्राविधिक पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस