अपमान सहेर त गठबन्धन धान्न गाह्रो हुन्छः मनीष सुमन

सफल खबर संवाददाता

बुधबार, ०७ बैशाख २०७९, ११ : ५१
अपमान सहेर त गठबन्धन धान्न गाह्रो हुन्छः मनीष सुमन

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का नेता मनीषकुमार सुमनले नेपालगन्ज उपमहानगरपालिकामा आफ्नो पार्टीलाई दिनुको विकल्प नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले भने, “वीरगन्ज जसपाले जितेकै ठाउँ हो, लोभीपापीले दल बदले भन्दैमा जनमत सँगसँगै जाँदैन ।

जनकपुर पनि हामीले जितेकै ठाउँ हो । नेपालगन्ज उपमहानगरमा हाम्रो संगठन निकै बलियो छ । रुपमा । तर केही कारणवश निर्वाचित हुन सकेका थिएनौं । त्यो हाम्रो सांसद जितेको क्षेत्र पनि हो । हाम्रो अपमान गरेर धान्न त गाह्रै हुन्छ । हामीले चिची पापाको होइन, स्वाभिमानको बाँडफाँट चाहेका हौं । निर्वाचन क्षेत्र कुनै नेता विशेषको हुँदैन, त्यो जनताको हुन्छ । नेपालगन्जका सवालमा यति बुझे हुन्छ ।”
नेता सुमनले प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दललाई मिलाएर लैजाने विश्वास पनि व्यक्त गरे । उनले भने, “२०७७ पुस ५ गते कुनै सनकीले लोकतन्त्रको सबभन्दा ठूलो संस्था संसद् विघटन गरेपछि हामीले शेरबहादुर देउवालाई निकै करकाप, खुसामद गरेर गठबन्धनका लागि मनाएको हो । गठबन्धनको सडक संघर्षका कारण आज संसद् पुनजीर्वित छ । प्रतिगमनलाई सच्चाउने पार्टी जसपा हो । आज देउवा गठबन्धनको अघोषित संयोजक हुनुहुन्छ । तमाम प्रतिकूल परिस्थितिका बाबजुद मिलाउने मामिलामा उहाँ खप्पिस हुनुहुन्छ । उहाँप्रति हामीलाई विश्वास छ ।”

प्रतिक्रिया दिनुहोस