कास्की । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का पूर्वस्थायी कमिटीका सदस्य वर्षमान पुनले सत्ता गठबन्धनमा सिट बाँडफाँडको आज टुंगो लाग्ने बताएका छन् ।
पार्टीको आइटी सेन्टरले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भर्चुअल प्रशिक्षण कार्यक्रममा उनले आसन्न स्थानीय तह निर्वाचनमा ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको सिट बाँडफाँड केन्द्रबाटै मिलाइने बताएका हुन् । दलहरूबीच आ–आफ्नो दाबी रहेकाले मिल्न समय लागे पनि सहमति जुट्ने उनको भनाइ छ ।
नेता पुनले गठबन्धनमा नगरपालिका र गाउँपालिकाको सिट बाँडफाँड पनि मिलाउने कोसिस भइरहे पनि मिल्न नसके गठबन्धनभित्रै पनि प्रतिस्पर्धा हुने जानकारी दिए । उनले भने, “नगर र गाउँपालिका पनि माथिबाटै मिलाउन कोसिस गरेका छौँ । नमिले गठबन्धनबाटै हामी प्रतिस्पर्धा गछौँ । महानगरको र उपमहानगरको भने आज टुंगो लाग्छ ।”
तल्ला तहमा सिट बाँडफाँडका लागि माथिबाट पहिला कुन दलले कति प्रतिशत लिने भनेर संख्या तय गरेर प्रदेश र जिल्ला समितिलाई मिलाउन सहजीकरण गर्न सकिने नेता पुनको भनाइ छ । नेता पुनले माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दा गरेका कामलाई व्यवस्थित रूपमा जनस्तरमा पुर्याउन सूचना प्रविधिलाई क्रान्तिकारी साधनका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
माओवादी केन्द्र केन्द्रीय प्रचार विभागका सचिव गोविन्द आचार्यले जनताले बुझ्ने गरी सरल भाषामा प्रापकलाई सुनिश्चित गरेर पाउने गरी पठाउनुपर्ने बताए । राजनीतिक, वैचारिक र नीतिगत उपलब्धिका मुद्दालाई उठाउन उनले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ बैशाख २०७९, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डले फरक भूमिकाको प्रस्ताव गर्नुभएको छ : वर्षमान पुन
प्रचण्डले फरक भूमिकाको प्रस्ताव गर्नुभएको छ : वर्षमान पुन
जेनजी विद्रोहको पहिलो कारण कांग्रेस–एमाले गठबन्धन : वर्षमान पुन
बिचौलियाले प्रधानमन्त्री फेर्न थाले: वर्षमान पुन
संघीयताको आवधिक समीक्षा गर्ने बेला भयो : वर्षमान पुन
खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान उच्च बनाएका छन्ः वर्षमान पुन