१२ सय ५० म्यादी प्रहरीलाई उद्यमशिलता तालिम

सफल खबर संवाददाता

मंगलबार, ०६ बैशाख २०७९, ०८ : ०३
१२ सय ५० म्यादी प्रहरीलाई उद्यमशिलता तालिम

काठमाडौं । राष्ट्रिय युवा परिषदले स्थानीय निर्वाचन प्रयोजनका लागि छनौट भएका 'म्यादी प्रहरी ' लाई उद्यमशीलता तालिम दिएको छ । तालिमले म्यादी प्रहरीलाई स्वरोजगार वन्न प्रेरित गर्ने परिषद्ले वताएको छ।

स्थानीय निर्वाचनमा सरकारको सुरक्षा योजनालाई थप प्रभावकारी वनाउन छनौट भएका म्यादी प्रहरी ४० दिनपछि  विदा हुनेछन् । विदा भएपछि उनीहरु पुनस् वेरोजगार वन्नेछन् ।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने- 'निर्वाचन सकिए लगत्तै वेरोजगार वन्न जाने युवा म्यादी प्रहरीलाई आफ्नै देशभित्र स्वरोजगार वन्न प्रेरित गर्न हामीले उद्यमशीलता तालिम दिएका हौं ।'  परिषदले भक्तपुर र धादिङका १२५० जना म्यादी प्रहरीलाई सहुलियतपूर्ण कर्जा सहजिकरण , वित्तीय साक्षरता र उद्यम तालिम दिएको जनाएको छ।

तालिमको दौरानमा नेपाल सरकारद्वारा जारी गरिएको 'सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्वन्धि  सम्वन्धि एकीकृत कार्यविधि (२०७५)' मा केन्द्रित रहेर तालिम दिइएको परिषदका प्रशासकीय प्रमुख रमाकान्त शर्माले वताए । तालिमवाट स्वदेश भित्रै स्वरोजगार वन्न म्यादी प्रहरीका सहभागीहरु निकै उत्साहित भएको शर्माले वताए।

अहिलेसम्म भक्तपुरमा अलगअलग  समुह वनाएर ५५० जना म्यादी प्रहरीलाई उद्यम तालिम दिइएको छ। तालिम कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको समेत उपस्थिति रहेको थियोे। यस्तै धादिङमा विभिन्न समुह वनाएर ७०० जना म्यादी प्रहरीलाई तालिम दिइएको परिषदका तालिम शाखा प्रमुख दिनेस घिमिरेले वताए । धादिङको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको समेत सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस