सहमति नजिक छौं, भोलि कुरा मिल्छ : प्रवक्ता कार्की

सफल खबर संवाददाता

सोमबार, ०५ बैशाख २०७९, २० : ०२
सहमति नजिक छौं, भोलि कुरा मिल्छ : प्रवक्ता कार्की

File-photo

काठमाडौं । सोमबार दिनभरको रस्साकस्सीकाबीच सत्ता गठबन्धन आगामी चुनावका लागि गठबन्धन टुंग्याउन असफल भएको छ। तर, छलफल सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

सरकारका प्रवक्तासमेत रहेका कांगेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा सहमति जुट्ने दाबी गरेका छन् । 

गठबन्धन बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता कार्कीले गठबन्धन सहमति नजिक पुगेको दाबी गरेका हुन् ।  

उनका अनुसार ६ वटा महानगर र ११ वटा उपमहानगरको मेयर र उपमेयरबारे सहमति नजिक पुगेको छ । मंगलबार बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्ने र त्यहाँबाट टुंगो लाग्ने उनको भनाइ छ । 

आइतबार र सोमबार सत्ता गठबन्धनका दलहरु आ- आफ्नो अडानमा कायम रहँदा सहमतिले मूर्तता पाउन सकेन ।

प्रतिक्रिया दिनुहोस