काठमाडौँ । नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले न्यायमा सर्वसाधारणको पहुँच कम हुँदै गएको बताएका छन् । संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा बोल्दै उनले न्यायालयप्रतिको जनताको आस्था, विश्वास र भरोसामा कमी हुँदै आएकोप्रति ध्यानाकर्षण गराएका हुन् ।
‘सर्वसाधारणको पहुँच न्यायमा कम हुँदै गएको भन्ने चर्चा छ । त्यस्तै न्यायालयप्रति जुन किसिमको आस्था, विश्वास र भरोसा हुनुपर्ने हो त्यसमा कमी आएको हो की भन्ने आशंका छ । तपाईँले यी कुरा निरूपण गर्न के भूमिका रहन्छ ?’ उनको प्रश्न थियो ।
उनले अहिले सर्वोच्च अदालतमा धेरै मुद्दाहरू विचाराधीन रहेको बताए । ती मुद्दालाई अघि बढाउन सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्ति थापासँग तपाईँका योजना के छन् ? भन्दै प्रश्न पनि गरे ।
‘अहिले सर्वोच्चमै धेरै मुद्दाहरू पेन्डिङमा छन् । विचाराधीन छन् । ती मुद्दालाई अघि बढाउन के गर्नुपर्छ रु तपाईँको के सोचाइ छ ?,’ उनको प्रश्न थियो । उनले संसदीय सुनुवाइ समितिमा आज सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्ति थापा र न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको कार्ययोजना प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ असार २०८२, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रको बृहत्तर हितका निम्ति दलहरू एक ठाउँमा आउनुपर्छ : ज्ञानेन्द्रबहादुर कार्की