काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४१ अंकको गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेको नेप्से परिसूचक ४१ अंक ओरालो लागेर बन्द भएको हो । यससँगै सेयर बजार परिसूचक २३ सय ४३ अंकमा आइपुगेको छ ।
यसक्रममा आज नेप्सेमा १ अर्ब ५३ करोड रुपैयाँ बराबरका ३८ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज कारोबार भएका सबै १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये निर्जीवन बीमा कम्पनी समूह ३४२ अंकले घटेको छ भने जीवन बीमा समूहमा २६३ अंकको गिरावट आएको छ ।
यसैगरी, उत्पादनमूलक समूहमा ९३ अंकको गिरावट आउँदा जलविद्युत समूह ८० अंकले र विकास बैंक समूह ६९ अंकले घटेको छ । यसका साथै, वित्त समूहमा ६२ अंक र अन्य समूहमा ५२ अंकको गिरावट आएको छ ।
बजार ४१ अंकले घट्दा नेष्डो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य आज एकै दिन प्रतिकित्ता २४८ रुपैयाँले बढ्दै २७ सय ३७ रुपैयाँ पुगेको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर मूल्य ८ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ बैशाख २०७९, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार ४ वर्षयताकै उच्च विन्दुमा, परिसूचक ३ हजार माथि
२९६२ अंकमा झर्यो सेयर बजार
नेप्से परिसूचक १८ अङ्कले घट्दा साढे २६ अर्बको कारोबार
लगातार बढ्यो सेयर बजार, १८ अर्ब ४९ करोडको कारोबार
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार
सेयर बजारमा उतारचढाव, साढे २१ अर्बको कारोबार