भारतीय आयल कर्पोरेसनले पठायो इन्धनको नयाँ मूल्यसूची, प्रतिलिटर ४ रुपैयाँ घट्ने

सफल खबर संवाददाता

सोमबार, ०५ बैशाख २०७९, १५ : ३३
भारतीय आयल कर्पोरेसनले पठायो इन्धनको नयाँ मूल्यसूची, प्रतिलिटर ४ रुपैयाँ घट्ने

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले अप्रिल १६ मा पठाएको मूल्यसूचीमा पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ ।

निगमका अनुसार पेट्रोलको भाउ घटेर आए पनि डिजेल र हवाई इन्धनको मूल्य भने वृद्धि भएको छ । नयाँ मूल्यअनुसार प्रतिलिटर डिजेलको मूल्य २ रुपैयाँ २ पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटर ०.३८ पैसा बढेको निगमले जनाएको छ । यसअघि अप्रिल १ मा भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाललाई पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस