अखिल क्रान्तिकारीद्वारा १९ उपाध्यक्षसहित ४१ सदस्यीय पदाधिकारी चयन, महासचिवमा दिपेश पुन

सफल खबर संवाददाता

सोमबार, ०५ बैशाख २०७९, १४ : ५८
अखिल क्रान्तिकारीद्वारा १९ उपाध्यक्षसहित ४१ सदस्यीय पदाधिकारी चयन, महासचिवमा दिपेश पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले १९ उपाध्यक्षसहित ४१ जना पदाधिकारी चयन गरेको छ । शनिबार र आइतबार बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी टुंगो लगाएको हो ।

गत असोजमा भएको अधिवेशनले पञ्चा सिंहलाई अध्यक्ष चयन गरेको थियो । नरेश रेग्मी, पवन कार्की, मदन भुल, प्रबिणा अधिकारी, क्षितिज सापकोटा, राजकुमार याक्सो, इन्द्र भुषाल, केशब रावल, मदन भट्टराई, अच्युत भट्टसहित १९ जना उपाध्यक्ष बनेका छन् ।

महासचिवमा दिपेश पुन र कोषाध्यक्षमा भुषण शाही चयन भएका छन् । अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी यसअघि १ सय ९९ सदस्यीय हुने भनिए पनि आइतबारको बैठकले २ सय ९९ सदस्यीय हुने निर्णय गरेको उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र फ्रयक्सन इन्चार्ज हितमान शाक्यसमेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस