काठमाडौं । नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अल टाइम अल नेट भ्वाइस प्याकसहितको स्प्रिङ अफर ल्याएको छ । यो अफर सोमबारदेखि उपलब्ध हुने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जसअनुसार कम्पनीले ५९९ देखि १४९९ सम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरू समावेश गरेको छ । अबदेखि रु. ९९९ र रु. १४९९ का प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा प्याक अवधिमा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ ।
स्प्रिङ अफर अन्तर्गत कम्पनीको सेवाबाट अन्य सेवा प्रदायकको नेटवर्कमा न्यूनतम महशुलमा कुराकानी गर्न सकिने अल नेट भ्वाइस प्याक उपलब्ध गराइएको छ । कम्पनीले भनेको छ, ‘सेवाग्राहीहरुको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सस्तो कम्बो प्याकहरूलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएका छन् । ग्राहकहरुको रुचि अनुसारका केही प्याकहरूको मूल्य अझै कम गरिएको छ ।’
कम्पनीका नेटवर्कबाट कुनैपनि नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक रु. २६५ मा र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक रु. ५५० मा उपलब्ध हुनेछ । यी बाहेक कम्पनीको नेटवर्कमा र अन्य नेटवर्कमा समेत कुराकानी गर्न सकिने विभिन्न प्याकहरू उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ बैशाख २०७९, १७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमको अफर : आकर्षक मूल्यमा भ्वाइस तथा डाटा प्याकेज
नेपाल टेलिकमले बन्द गर्यो कपर प्रविधिमा आधारित टेलिफोन सेवा, फाइबरमा स्तरोन्नति
एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रुपमा डाटा प्रयोग गर्न सकिने
नेपाल टेलिकमको 'ब्रान्ड एम्बेस्डर'मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेसडर’ नियुक्त
नेपाल टेलिकमले गर्याे सस्तो दरमा डाटा रोमिङ सेवा सञ्चालन