काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर घटिरहेको छ । आज पनि २९.६० अंकले बजार घटेको हो । १.२३ प्रतिशत बजार घट्दा नेप्से परिसूचक २३८५ अंकमा आएको छ ।
नेप्से घटेसँगै कारोबार रकम पनि घट्दै गएको छ । आज १ अर्ब ४४ करोड ७ लाख २३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । २ सय ३३ वटा कम्पनीका ३४ लाख ७ हजार २ सय ७२ कित्ता सेयर खरिदबिक्री भएको हो ।
बजार घटेको दिन पनि नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । भने, सबैभन्दा धेरै सेयर मूल्य हिमालयन उर्जाको घटेको छ । सो कम्पनीको आज १० प्रतिशत सेयर मूल्य घटेको हो ।
सबैभन्दा धेरै सेयर कारोबार भने नेपाल दूरसञ्चार कम्पनीको भएको छ । सो कम्पनीको आज ४ करोड २५ लाख ३५ हजार रुपैयाँको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ बैशाख २०७९, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगातार तेस्रो दिन घट्यो सेयर बजार
२६ अंकले घट्यो सेयर बजार
नेप्सेमा दोहोरो अंकको गिरावट
घट्यो सेयर बजार
घट्यो सेयर बजार
४८ अंक बढ्यो सेयर बजार