काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर घटिरहेको छ । आज पनि २९.६० अंकले बजार घटेको हो । १.२३ प्रतिशत बजार घट्दा नेप्से परिसूचक २३८५ अंकमा आएको छ ।
नेप्से घटेसँगै कारोबार रकम पनि घट्दै गएको छ । आज १ अर्ब ४४ करोड ७ लाख २३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । २ सय ३३ वटा कम्पनीका ३४ लाख ७ हजार २ सय ७२ कित्ता सेयर खरिदबिक्री भएको हो ।
बजार घटेको दिन पनि नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । भने, सबैभन्दा धेरै सेयर मूल्य हिमालयन उर्जाको घटेको छ । सो कम्पनीको आज १० प्रतिशत सेयर मूल्य घटेको हो ।
सबैभन्दा धेरै सेयर कारोबार भने नेपाल दूरसञ्चार कम्पनीको भएको छ । सो कम्पनीको आज ४ करोड २५ लाख ३५ हजार रुपैयाँको सेयर कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ बैशाख २०७९, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार ४ वर्षयताकै उच्च विन्दुमा, परिसूचक ३ हजार माथि
२९६२ अंकमा झर्यो सेयर बजार
नेप्से परिसूचक १८ अङ्कले घट्दा साढे २६ अर्बको कारोबार
लगातार बढ्यो सेयर बजार, १८ अर्ब ४९ करोडको कारोबार
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार
सेयर बजारमा उतारचढाव, साढे २१ अर्बको कारोबार