काठमाडौं । प्रहरीले दुर्लभ वन्यजन्तु चितुवाको छालासहित चारजनालाई पक्राउ गरेको छ ।
काठमाण्डौंको बुढानीलकण्ठ नगरपालिका ८ गोल्फुटार र काठमाडौं महानगर-३ स्थित सीमानामा रहेको पुर्वपश्चिक गेष्ट हाउसमा चेकजाँच गर्दा प्रहरी प्रभाग बुढानीलकण्ठले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चन्द्रकोट गाउँपालिका-७ झापा बस्ने ३५ वर्षीय विष्णु सुनार, खिजिघोम्बा गाउँपालिका-९ घर भई हाल चाँगुनारायण -५ बस्ने २९ वर्षीया फुरी शेर्पा, गजुरी गाउँपालिका-५ घर भई चाँगुनारायण ५ बस्ने विनोद श्रेष्ठ र कमलामाई नगरपालिका-४ हिरापानी घर भई हाल ललितपुर पाटन बस्ने ३० वर्षीय विकास पुर्कुटी रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट पुच्छरसहित ४.५ फिट लम्बाई र २ फिट चौडाई रहेको चितुवाको छाला, साथबाट पुच्छरसहित ६.९ फिट लम्बाई र ३ फिट चौडाई रहेको चितुवाको छाला, चितुवाको टाउँको र ओप्पो मोबाइल तथा सामुङ मोबाइल बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एवं एसपी दिनेराजन मैनालीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ बैशाख २०७९, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ
स्रोत नखुलेको २७ लाख नगदसहित विराटनगर विमानस्थलबाट २ युवक पक्राउ
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ