कोरोना अपडेट : थप  १४ जनामा संक्रमण पुष्टि, ५५ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

शुक्रबार, ०२ बैशाख २०७९, १५ : ३१
कोरोना अपडेट : थप  १४ जनामा संक्रमण पुष्टि, ५५ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ५५ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९०३ जनामा गरिएको परीक्षणमा १४ जनामा संक्रमण देखिएको हो । 

पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । हाल देशभर पीसीआर विधिबाट भएको परीक्षणमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार ६४८ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ४० हजार १५८ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६६ हजार २५९ जना निको भएका छन् । यस्तै हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस