रुसी हमलाको ५० औँ दिनः पूर्वी युक्रेनमा आक्रमण जारी

एजेन्सी

विहीबार, ०१ बैशाख २०७९, १२ : ०५
रुसी हमलाको ५० औँ दिनः पूर्वी युक्रेनमा आक्रमण जारी

एजेन्सी । रुसी हमलाको ५० औं दिन रुसी सेनाले खार्किभ, दोनेत्स्क र जापोरिज्जिया क्षेत्र र नागरिक पूर्वाधारमा व्यवस्थित मिसाइल र बम आक्रमण जारी राखेको युक्रेनी सेनाले जनाएको छ ।  रुसी सेनाले युक्रेनको पूर्वी सिमाना नजिक आर्टिलरी इकाइ सशक्त बनाएको छ । 

उत्तरपूर्वी युक्रेनको स्लोबोजान्स्कीमा रूसी सेनाले आक्रमण गर्न सम्भावित ठाउँहरूको खोजी गरिरहेको छ । उनीहरूले खार्किभ सहरलाई आंशिक रूपमा अवरुद्ध गर्न खोजिरहेका छन्  । खार्किकभमा अहिले पनि गोलाबारी जारी छ ।

 पूर्वी युक्रेनको दोनेत्स्कमा रुसी सेनाले स्लाभ्यान्स्क, पोपस्ना र कुराखोभो जिल्लाहरूमा युद्ध गरेका थिए । त्यस्तै, बन्दरगाह सहर मारिउपोलमा रुसी सेनाले असफल आक्रमण गरेका थिए । 

यसैबीच मारिओपोलमा सयौँ युक्रेनी सेनाले आत्मसमर्पण गरेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ । 

प्रतिक्रिया दिनुहोस