काठमाडौं । नेकपा माओवादी केन्द्रले वीरगञ्ज महानगरपालिका समितिका अध्यक्ष रहबर अन्सारीसहित तीन जनालाई पार्टीबाट निष्कासन गरेको छ ।
यसरी निष्कासित हुनेहरुमा अध्यक्ष अन्सारीसहित उपाध्यक्ष अनुरुध यादव र जुम्मादिन अन्सारी रहेका छन् ।
रहबर गत निर्वाचनमा माओवादीका तर्फबाट वीरगञ्जमा मेरयमा प्रतिस्पर्धा गरेका थिए भने आगामी निर्वाचनमा पनि उनी उम्मेदवार हुने चर्चा चलिरहेको थियो । तर उनलाई पार्टीबाटै निष्काशन गरिएको छ ।
माओवादी केन्द्र पर्साका इन्चार्ज विजय महतो र संयोजक रामदरश कुशवाहाले एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई पार्टीबाट निष्कासन गरेको जनाएका हुन् ।
पार्टीको कार्यालय तोडफोड गरि जिल्लाका जिम्मेवार नेतृत्वमाथि गाली गलौज गरेको र पार्टीलाई बदनाम गराउने कार्य उनीहरुले गरेको आरोप लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० चैत्र २०७८, २१ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
माओवादीको केन्द्रीय कमिटी बैठक जारी
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)