वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरका लागि नेकपा (एमाले)ले विजय सरावगीको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ । बुधबार बसेको एमाले नगर कमिटीको बैठकले मेयरका लागि सरावगीको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो ।
२०७४ मा संघीय समाजवादी पार्टीबाट वीरगञ्जको मेयर बनेका सरावगी गत फागुनमा एमाले प्रवेश गरेका थिए । सरावगीलाई पार्टी प्रवेश गराउनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली वीरगञ्ज नै पुगेका थिए ।
मेयरका लागि अन्य आकांक्षी कोही नभएपछि आफ्नो नाम सर्वसम्मत भएको सरावगीले जानकारी गराए । उपमेयरका लागि भने उम्मेदवार सिफारिस गर्न बाँकी नै रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० चैत्र २०७८, १७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)