काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) र नेपाल परिवार दलबीच तालमेल हुने भएको छ । विहीबार एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र नेपाल परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलले चुनावी तालमेल सहमति–पत्रमा हस्ताक्षर गरेका हुन् ।
उनीहरुले देशभर तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउनेलगायतका पाँच बुँदे सहमति–पत्रमा हस्ताक्षर गरेका हुन् । सहमति–पत्र अनुसार परिवार दलले आफ्ना उम्मेदवार नभएका सबै ठाउँमा एमालेलाई सघाउनेछ । साथै परिवार दलका उम्मेदवारलाई एमालेले पनि सहयोग गर्ने भएको छ ।
सहमति पत्रमा भनिएको छ, ‘नेकपा (एमाले) र नेपाल परिवार दलका जिल्ला कमिटीहरुले आपसमा छलफल गर्ने र तालमेलका सम्बन्धमा उपर्युक्त निर्णय गर्ने’, नेपाल परिवार दलका उम्मेदवारहरुरले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने । निजहरु निर्वाचित भए पश्चात पनि नेपाल परिवार दलमै आवद्ध रहने ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० चैत्र २०७८, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज