काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) र नेपाल परिवार दलबीच तालमेल हुने भएको छ । विहीबार एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र नेपाल परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलले चुनावी तालमेल सहमति–पत्रमा हस्ताक्षर गरेका हुन् ।
उनीहरुले देशभर तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउनेलगायतका पाँच बुँदे सहमति–पत्रमा हस्ताक्षर गरेका हुन् । सहमति–पत्र अनुसार परिवार दलले आफ्ना उम्मेदवार नभएका सबै ठाउँमा एमालेलाई सघाउनेछ । साथै परिवार दलका उम्मेदवारलाई एमालेले पनि सहयोग गर्ने भएको छ ।
सहमति पत्रमा भनिएको छ, ‘नेकपा (एमाले) र नेपाल परिवार दलका जिल्ला कमिटीहरुले आपसमा छलफल गर्ने र तालमेलका सम्बन्धमा उपर्युक्त निर्णय गर्ने’, नेपाल परिवार दलका उम्मेदवारहरुरले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने । निजहरु निर्वाचित भए पश्चात पनि नेपाल परिवार दलमै आवद्ध रहने ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० चैत्र २०७८, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)