लमजुङ । स्थानीय निर्वाचन नजिकिँदै गर्दा तीव्र तयारीमा जुटेको नेकपा एमाले लमजुङले निर्वाचनमा प्रस्तुत गर्ने प्रतिवद्धतापत्र तयारीका लागि अनुशिक्षण कार्यक्रम गरेको छ ।
एमाले लमजुङले प्रतिवद्धतापत्र अनुशिक्षण कार्यक्रम नेपाल बुद्धिजिवी परिषद लमजुङको सहकार्यमा मंगलबार बेसीशहर आयोजना गरेको हो । एमाले लमजुङले जिल्लाको ८ वटै पालिकामा प्रतिवद्धतापत्र तयारी गर्नका लागि अनुशिक्षण कार्यक्रमगरी प्रक्रिया अघि बढाएको हो । अनुशिक्षण कार्यक्रममा प्रत्येक पालिकाबाट २/२ जनाको सहभागिता रहेको थियो ।
एमालेका केन्द्रीय सदस्य एवं लमजुङ ईन्चार्ज मायानाथ अधिकारीले व्यवस्थित र जनताको मन छुने योजना बनाउनुपर्नेमा जोड दिए । नागरिकका आवश्यकता र गर्नुपर्ने कामलाई सम्बोधन हुने गरेर प्रतिवद्धतापत्र आउनुपर्ने अधिकारीले बताए ।
८ वटै पालिकाबाट आगामी वैशाख २ गते प्रतिवद्धतापत्र तयार गरी एमाले जिल्ला कमिटीका बुझाउने र ९ गते देशभर एकै पटक प्रतिवद्धतापत्र घोषणा हुने कार्यक्रम रहेको नेकपा एमाले लमजुङका प्रचार विभाग प्रमुख कृष्ण केसीले दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० चैत्र २०७८, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज