दोलालघाटमा स्वास्थ्य शिविर, ११ सय बिरामीको निःशुल्क उपचार

सफल खबर संवाददाता

सोमबार, २८ चैत्र २०७८, ०७ : ३६
दोलालघाटमा स्वास्थ्य शिविर, ११ सय बिरामीको निःशुल्क उपचार

काभ्रे । काभ्रेको भुल्लु गाउँपालिका–७ फलाटेस्थित दोलाल घाटमा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्थानीय शारदा माध्यमिक विद्यालयको सहकार्यमा शिविर सञ्चाल गरिएको हो ।

विद्यालय प्रांगणमा सञ्चालित शिविरमा ११७२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २१३ जनाको रक्त परीक्षण, १८६ जनाको भिडियो एक्सरे र ९७ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका ४३ जनाको दाँत फुकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका ३७ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

गत बर्षदेखि डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस