काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले उद्योगी, व्यवसायीहरुलाई प्रोत्साहित गर्ने नीति लिन सरकारसँग आग्रह गरेका छन। सभामुख सापकोटाले कुनै पनि राज्यको उन्नती उद्योग व्यवसायबाट मात्रै सम्भव हुने भन्दै राज्यले उनीहरुलाई सधै प्रोत्साहित गर्ने नीति लिनुपर्ने स्पष्ट पारे ।
नेपाल चेम्बर कमर्शको ७१ औं वार्षिकोत्सवका अवसरमा आज (आइतबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।उनले सरकारले सबैलाई अभिभावकत्व दिने हो भने देशभक्तिको भावना सबैमा पलाउने र मुलुक समृद्ध हुने विश्वास समेत व्यक्त गरे ।
सभामुख सापकोटाले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न पनि सबैलाई आह्वान समेत गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ चैत्र २०७८, १६ : ४२
लेखकबाट थप