काठमाडौं। काभ्रेको बनेपा नगरपालिका–२ मा बिस्फोटक पदार्थ पड्किँदा एकजना घाइते भएका छन्।२४ वर्षीय मोहन बिक बनेपा नगरपालिका–२ घिमिरे गाउँमा भएको बिस्फोटमा परी गम्भीर घाइते भएको काभ्रेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिएका छन् । बिकको हातमा गम्भीर चोट लागेको छ ।
काभ्रे र धुलिखेलमा नेपाली सेनाले अभ्यासको क्रममा नियमित फाइरिङ गर्ने गरेको छ । त्यसक्रममा निस्किएको बिस्फोटक पदार्थ स्थानीय बासिन्दाले पुनः प्रयोग गर्न खोज्दा पड्किएको उनले बताए ।फलामको काम गर्ने समुदायले त्यसरी निस्किएको पदार्थ आफ्नो कामका लागि संकलन गर्ने गरेका छन् । तर आइतबार बिस्फोट भएर बिक घाइते भएका हुन् । घाइतेको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ चैत्र २०७८, १४ : ४८
लेखकबाट थप