सार्वजनिक कार्यक्रममै गाली, लगत्तै निलम्बन

पत्रपत्रिकाबाट

शनिबार, २६ चैत्र २०७८, ०६ : ४१
सार्वजनिक कार्यक्रममै गाली, लगत्तै निलम्बन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनोमिक्स एन्ड फाइनान्स’ मा खुलमखुला गभर्नरलाई गाली गरेका अर्थमन्त्री जनार्दन शर्माले कार्यक्रमबाट फर्केलगत्तै गभर्नरलाई निलम्बन गरेका छन् ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको दाबी गरिए तापनि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रेस ब्रिफिङमा त्यस विषयमा उल्लेख छैन ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको स्रोतको भनाइ छ । शुक्रबार उनलाई निलम्बन गरिएको हो ।

उनीमाथि लागेको आरोप’bout छानबिन गर्न नेपाल राष्ट्र बैंक ऐनकाअनुसार पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल सदस्य रहेको समिति गठन गरिएको बताइएको छ ।

छानबिनका लागि समिति गठन भएसँगै स्वतः निलम्बन हुने व्यवस्थाअनुसार अधिकार निलम्बनमा परेका हुन् ।

बिहीबार नै मन्त्रिपरिषद्को बैठकले छानबिन समिति गठन गरेको भए अर्थमन्त्रीले शुक्रबारको कार्यक्रममा गभर्नरलाई किन बस्न दिए भने प्रश्न उब्जिएको छ । राजधानी दैनिक मा खबर छ ।

प्रतिक्रिया दिनुहोस