काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकार बन्दै आएको आरोप लगाएका छन् ।
काठमाडौंको खुलामञ्चमा शुक्रबार पार्टीको आयोजित आमसभालाई सम्बोधन गर्दै उनले देश २०४६ सालपछि यता र जबरजस्त गणतन्त्र र धर्मनिरपेक्षता ल्याएर कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकारमा परेको बताएका हुन् ।
गणतन्त्र ल्याउँदा भनिएको जस्तो र अहिले देशको अवस्था निकै फरक रहेको भन्दै उनले ३२ वर्षमा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको बताए । तीन करोड पनि जनसंख्या नपुगेको नेपालका निरोगी र दक्ष जनशक्ति वैदेशिक रोजगारीमा गएका उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ चैत्र २०७८, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनद्वारा पार्टीका विभाग प्रमुखहरूसँग छलफल
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : राजेन्द्र लिङ्देन
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल
राजावादीहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन
४० वर्ष मुनिका युवासँग साक्षात्कार गर्दै राप्रपा अध्यक्ष लिङ्देन
जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन