चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरु बिच तालमेको बिषमया कुरा भएको बताएका छन।
आज भरतपुरमा पत्रकारहरु संग कुराकानी गर्दै उनले आज बसेको बैठकले सत्तारुढ दलको बैठकमा निर्बाचन केन्द्रित कुराकानी भएको बताए ।
उनले भने “मुख्य रुपमा निर्बाचन केन्द्रित भएर कुरा भएको छ । सबै तिर तालमेल गरेरनै जाने भन्ने कुरा भयो ।” फरक प्रसंगमा बोल्दै उनले भरतपुर महानगरको बिषय छलपलदमानै प्रबेश नगरेको बताए। उनले भने “छलफलबाट निकास निकाल्छौं । केही समस्या छैन ।”
विभिन्न कार्यक्रममा सहभागि हुन अध्यक्ष दाहाल दिउँसो गृहजिल्ला चितवन आइपुगेका हुन् । उनी केहीबेरमा सुरु हुने भरतपुर अस्पतालको वार्षिकोत्सव समारोहका समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै सो कार्यक्रमपछि पूर्वी चितवनको खैरहनीमा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
यस्तै अध्यक्ष दाहाल भोलि विहान प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुन लागेको भरतपुर साईक्लिङ म्याराथनको उद्घाटन गर्नेछन् । अध्यक्ष दाहाल पछिल्लो १५ दिनमा गृहजिल्ला चितवन ४ पटक आईसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ चैत्र २०७८, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड