काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले संविधानमा व्यवस्था भएको समावेशीताको मर्मलाई निर्वाचनमा पनि दलीय गठवन्धनले आत्मसात गर्नुपर्ने बताएका छन् ।
‘स्थानीय निर्वाचनमा महिला उम्मेदवारीको वैधानिक व्यवस्था र कार्यान्वयन’ विषयक छलफलमा उनले संविधानले स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै एक पदमा दलहरुले अनिवार्य रुपमा महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्थाको आशय प्रमुख र उपप्रमुखमा एक जना महिला जित्नु पर्ने भन्ने रहेको बताए ।
‘कुनै पनि गठबन्धनका नाममा महिलाको सहभागिता र प्रतिनिधित्व छुटाउनु हुँदैन । पछिल्लो राजनीतिक परिवर्तनपश्चात संविधानले हरेक निकायमा समावेशिताको अवधारणा कार्यान्वयनको अपेक्षा गरेको छ । यो भनेको अनिवार्य कार्यान्वयन गर्ने भनेको हो,’ महरको भनाइ छ ।
५१ प्रतिशतभन्दा बढी महिलाको उपस्थिति तथ्यांकले देखाएको भन्दै महरले बहुमत जनसंख्या भएको महिला वर्गलाई थप प्राथमिकता राखेर निर्वाचन परिचालन गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ चैत्र २०७८, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब एक्लै चुनाव लडेर बहुमत ल्याउनुपर्छ: नेता महर
सहकारी व्यवस्थापनमा सरकार गम्भीर बन्न आवश्यक : नैनसिंह महर
राष्ट्रियसभामा सत्तापक्ष-प्रतिपक्षको गठबन्धन अलोकतान्त्रिक चरित्र : नैनसिंह महर
हाम्रा प्रतिस्पर्धी दलहरुलाई हेर्ने आधिकारिक दृष्टिकोण तय गरौँ : नैनसिंह महर
संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएको छ : नैनसिंह महर
विद्यालय शिक्षा विधेयकमा सरोकारवालाको माग सम्बोधन नै हुनुपर्छ : नैनसिंह महर