बुटवल । सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गरेर जाने बताए पनि लुम्बिनी प्रदेशमा भने एकीकृत समाजवादी बाहेकको गठबन्धन गरिएको छ ।
कतिपय जिल्लामा भएका सिट बाँडफाँटमा पनि नेकपा एकीकृत समाजवादीलाई समेटिएको छैन । गठबन्धनमा सहभागी कांग्रेस र माओवादी केन्द्रले वास्ता गर्न छाडेपछि समाजवादीले भने गठबन्धन तोड्ने सम्मको चेतावनी दिएको छ ।
गुल्मीका १२ पालिकामा गरिएको चुनावी तालमेलका लागि पनि एकीकृत समाजवादीलाई बेबास्ता गरिएको छ । गुल्मीका १२ पालिकामध्ये आठवटा नेपाली कांग्रेस र चारवटा माओवादी केन्द्रले लिने सहमति भएको छ । गुल्मीमा १० वटा गाउँपालिका र दुई वटा नगरपालिका छन् । कांग्रेस सभापति खिलध्वज पन्थीले कांग्रेसले आठ र माओवादीले चार पालिका लिने सहमति भएको बताए ।
लुम्बिनी प्रदेशमा गठबन्धनका तर्फबाट सार्वजनिक गरिएको सहमति पत्रमा नेकपा एकीकृत समाजवादीलाई सहभागी गराइएको छैन । गठबन्धनको तर्फबाट सार्वजनिक गरिएको सहमति पत्रमा नेपाली कांग्रेसका प्रदेश अध्यक्ष अमरसिंह पुन, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष शुदर्शन बराल, जनता समाजवादी पार्टीका अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष बद्रे आलमले हस्ताक्षर गरेका छन् ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज डा। बालकृष्ण चापागाईंले आफ्नो दललाई बाइपास गर्न खोजिएको भन्दै त्यसो गरिए गठबन्धन धरापमा पर्ने चेतावनी दिए । 'समाजवादीलाई हेप्न खोजिएको छ, यदि त्यसो भयो भने गठबन्धन नै धरापमा पर्न सक्छ', उनले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ चैत्र २०७८, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
अर्जुन कुमालको शतकमा लुम्बिनीविरुद्ध गण्डकीको सहज जित
लुम्बिनी प्रदेश सभामा आज सामाजिक विकास मन्त्रीले जवाफ दिँदै
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा
लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु