कास्कीमा छनोट भए १५ सय म्यादी प्रहरी

सफल खबर संवाददाता

विहीबार, २४ चैत्र २०७८, १९ : ४७
कास्कीमा छनोट भए १५ सय म्यादी प्रहरी

फाइल फोटो

पोखरा । आउँदो स्थानीय निर्वाचनका लागि कास्कीमा करिब १५ सय जना म्यादी प्रहरी भर्ना गरिएको छ ।

१ हजार ४ सय ३३ जना उम्मेदवारलाई ४० दिनका लागि भर्ना लिइएको हो । यस्तै, २ सय ८८ जनालाई वैकल्पिकमा नाम निकालिएको छ ।

लिखित परीक्षा पास गरेका २ हजार ९ सय ५४ जनाबाट मौखिक परीक्षा मार्फत उम्मेदवार छनोट गरिएको हो ।

४ हजार भन्दा बढीले दरखास्त हालेका थिए ।

 

प्रतिक्रिया दिनुहोस