आइपीएलमा आज क्यापिटल्स र लखनउ भिड्ने

सफल खबर संवाददाता

विहीबार, २४ चैत्र २०७८, १७ : ५२
आइपीएलमा आज क्यापिटल्स र लखनउ भिड्ने

काठमाडौं । आइपीएल क्रिकेटकमा आज (बिहिबार) दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीचको खेल हुने छ ।

मुम्बइमा साँझ ७ः४५ बजे सुरु हुने खेलमा लखनउ तेस्रो जितको खोजीमा हुनेछ । लखनउ ३ खेलमा ४ अंक जोडेर पाँचौं स्थानाम रहेको छ । यता, दुई खेलमा २ अंक जोडेको दिल्ली दोस्रो जितको खोजीमा हुनेछ । दिल्ली सातौं स्थानमा रहेको छ । पुणेमा गएराति मुम्बई इण्डियन्सलाई ५ विकेटले हराउँदै कोलकत्ता शीर्ष स्थानमा उक्लिएको छ ।

मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा ५ विकेट गुमाएर पूरा गरेकाे हाे । कोलकत्ताको जितमा पाट कुमिन्स र भेन्काटेस आयरले अर्धशतकीय इनिङ खेलेका छन । आक्रामक ब्याटिङ गरेका कुमिन्सले १५ बलमा अविजित रहदै ५६ रन बनाएका छन । अविजित रहेका भेन्काटेसले ५० रन जोडेका हुन् । मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले २-२ विकेट लिएका छन ।

पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन जोडेको थियो ।

प्रतिक्रिया दिनुहोस