काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
भोलि दिउँसो २ बजे निर्वाचन आयोगले निर्वाचन आचारसंहिता घोषणा गर्ने भएकाले त्यसअघि नै सरकारी नियुक्तिलगायतका निर्णय सकाउने सरकारी तयारी छ । आजको बैठकले विभिन्न मुलुकमा रहेका राजदूतावास र नियोगमा रिक्त राजदूत नियुक्तिको निर्णय गर्नेछ ।
आजको बैठकमा भर्खरै नियुक्त कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्द बन्दीले शपथ ग्रहणलगत्तै भाग लिने छन । उनको शपथ ग्रहण आजै दिउँसो २ बजे शीतल निवासमा हुँदैछ । त्यसपछि ४ बजे बालुवाटारमा बस्ने क्याबिनेट बैठकमा भाग लिनेछन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ चैत्र २०७८, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय