मन्त्रिपरिषद् बैठक बस्दै

सफल खबर संवाददाता

विहीबार, २४ चैत्र २०७८, १३ : ५०
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । अपरान्ह ४ बजे  प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । 

भोलि दिउँसो २ बजे निर्वाचन आयोगले निर्वाचन आचारसंहिता घोषणा गर्ने भएकाले त्यसअघि नै सरकारी नियुक्तिलगायतका निर्णय सकाउने सरकारी तयारी छ । आजको बैठकले विभिन्न मुलुकमा रहेका राजदूतावास र नियोगमा रिक्त राजदूत नियुक्तिको निर्णय गर्नेछ ।

आजको बैठकमा भर्खरै नियुक्त कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्द बन्दीले शपथ ग्रहणलगत्तै भाग लिने छन । उनको शपथ ग्रहण आजै दिउँसो २ बजे शीतल निवासमा हुँदैछ । त्यसपछि ४ बजे बालुवाटारमा बस्ने क्याबिनेट बैठकमा भाग लिनेछन ।

प्रतिक्रिया दिनुहोस