६ वटा निर्माण कम्पनी कालोसूचीमा, कालोसूची अवधिभर सार्वजनिक खरिदमा भाग लिन नपाउने

सफल खबर संवाददाता

सोमबार, २१ चैत्र २०७८, ११ : २४
६ वटा निर्माण कम्पनी कालोसूचीमा, कालोसूची अवधिभर सार्वजनिक खरिदमा भाग लिन नपाउने

काठमाडौं । सरकारले ६ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना निकालेर निर्माण तथा आपूर्तिमा आबद्ध एउटा कम्पनीलाई तीन वर्ष र ५ वटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको हो ।

ती कम्पनीहरुले कालोसूची अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा भाग लिन नपाउने सूचनामा उल्लेख छ । एउटा भारतीय कम्पनी टीबीईएलाई तीन वर्ष कालोसूचीमा राखिएको छ भने पाँचवटा नेपाली कम्पनीलाई एक÷एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

नेपाली कम्पनीहरुमा चिराग कन्स्ट्रक्म्सन गोरखा, कर्णाली बिल्डर्स धनुषा, फैजल एण्ड अफजल कन्स्ट्रक्सन रौतहट, कुरालदेव निर्माण सेवा रसुवा र तितुङ कन्स्ट्रक्सन काठमाण्डौ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस