तीन महिनामा टिआइएबाट ६ लाख ४० हजार बढीले गरे आवतजावत

सफल खबर संवाददाता

आइतबार, २० चैत्र २०७८, १७ : ००
तीन महिनामा टिआइएबाट ६ लाख ४० हजार बढीले गरे आवतजावत

काठमाडौं । पछिल्लो तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट ६ लाख ४० हजार ८१८ जनाले आवतजावत गरेका छन् ।अभ्यागमन विभागका अनुसार सन् २०२२ जनवरी देखि मार्चसम्म तीन महिनाको अवधिमा उनीहरुले टिआइएबाट आवतजावत गरेका हुन् । 

आवतजावत गर्नेमध्ये २ लाख ८६ जना ४४२ जना नेपाल प्रवेश  गर्नेहरु थिए भने ३ लाख ५४ हजार ३७६ जना नेपालबाट बाहिरिनेहरु थिए । उक्त अवधिमा टिआइएबाट आवतजावत गर्नेमा ४ लाख ९२ हजार ७४३ जना नेपाली र १ लाख ४८ हजार ७५ जना विदेशी रहेका थिए । 

बितेको तीन महिनामा ७८ हजार ७४७ जना विदेशी नेपाल आएका थिए भने ६९ हजार ३२८ जना विदेशी नेपालबाट स्वदेश फर्केका थिए । सोही अवधिमा टिआइए हुँदै २ लाख ७ हजार ६९५ जना नेपाली स्वदेश फर्केका थिए । उक्त समयमा २ लाख ८५ हजार ४८ जना नेपाली विभिन्न देश गएका थिए । 

प्रतिक्रिया दिनुहोस