काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच शान्ति स्थापना कार्यसम्बन्धी संयुक्त सैन्य अभ्यास आजबाट नेपालमा सुरु भएको छ । नेपाली सेनाको स्पेशल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेशल अप्रेसन्स कमान्डका सदस्यहरू एम महिनासम्म चल्ने संयुक्त सैन्य अभ्यासमा सहभागी हुनेछन् ।
‘आज अर्थात् ३ अप्रीलदेखि नेपाली सेनाको स्पेशल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेशल अप्रेसन्स कमान्डका सदस्यहरू संयुक्त रूपमा एक महिना लामो शान्ति स्थापना कार्यसम्बन्धी विविध कृयाकलापमा सम्मिलित संयुक्त अभ्यासमा सरीक हुनेछन्,’ काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेको छ ।
विपद् व्यवस्थापनदेखि शान्ति स्थापना कार्यसम्बन्धी विविध विषयमा नेपाली र अमेरिकी सेनाले गएको बीस वर्षदेखि दुई देशबीचको सुरक्षा सहकार्य थप मजबुत बनाउन बनाउन निरन्तर साझेदारी गर्दै आएको दूतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० चैत्र २०७८, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर
नेपालले भारतलाई हरायो
नेपालले हार्यो लगातार चार खेल, यूएईसँग फेरि पराजित
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास