ताप्लेजुङ । चट्याङ लागेर एक भलिबल खेलाडीको मृत्यु भएको छ। गएराति परेको चट्याङ लागेर ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं २ आम्बेगुदिन लासाटोल निवासी २३ वर्षीय मुकेश भट्टराईको मृत्यु भएको हो।
करिब पौने ९ बजेतिर स्थानीय रनबहादुर चौहानको दुधडेरी अगाडि बसिरहेको अवस्थामा पानीसंगै परेको चट्याङले भेटाएको थियो। घाइते अवस्थाका मुकेशलाई तत्काललै उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक पुर्याएकोमा स्वास्थ्यकर्मीले उनलाइ मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अधिकारीले जानकारी दिए।
मुकेश पालिकास्तरीय भलिबल प्रतियोगितामा सिरिजङ्गाको टिमबाट खेल्ने गर्थे। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २० चैत्र २०७८, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ पर्दा २ जना गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागरे १७ वर्षीया किशोरी गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागेर एक बृद्धको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु