ताप्लेजुङ । चट्याङ लागेर एक भलिबल खेलाडीको मृत्यु भएको छ। गएराति परेको चट्याङ लागेर ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं २ आम्बेगुदिन लासाटोल निवासी २३ वर्षीय मुकेश भट्टराईको मृत्यु भएको हो।
करिब पौने ९ बजेतिर स्थानीय रनबहादुर चौहानको दुधडेरी अगाडि बसिरहेको अवस्थामा पानीसंगै परेको चट्याङले भेटाएको थियो। घाइते अवस्थाका मुकेशलाई तत्काललै उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक पुर्याएकोमा स्वास्थ्यकर्मीले उनलाइ मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अधिकारीले जानकारी दिए।
मुकेश पालिकास्तरीय भलिबल प्रतियोगितामा सिरिजङ्गाको टिमबाट खेल्ने गर्थे। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २० चैत्र २०७८, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा चट्याङ लागेर २ किशोरको मृत्यु
गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु, दुई जना घाइते
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
मकवानपुरमा किरिया बसेको घरमा चट्याङ पर्दा एक जनाको मृत्यु, ७ जना घाइते
चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु
चट्याङ लागेर एक महिलाको मृत्यु