मछिन्द्र क्लब र श्रीलंकाको ब्लु स्टारबीचको खेलको तयारी पूरा

सफल खबर संवाददाता

शनिबार, १९ चैत्र २०७८, १७ : २५
मछिन्द्र क्लब र श्रीलंकाको ब्लु स्टारबीचको खेलको तयारी पूरा

 मछिन्द्र फुटबल क्लब र श्रीलंकाको ब्लु स्टार क्लबबीचको खेलको तयारी पूरा भएको छ।शनिबार मछिन्द्र क्लबले पत्रकार सम्मेलन गरेर खेलको सबै तयारी पूरा भएको जानकारी दिएको हो।

एएफसी कप छनौट–२०२२ को प्लेअफअन्तर्गत मछिन्द्र र ब्लू स्टारबीच मंगलबार प्रतिस्पर्धा हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।खेलको टिकट दर भीआईपीतर्फ एक हजार र सामान्यतर्फ पाँच सय रुपैयाँ राखिएको मछिन्द्र क्लबले जनाएको छ।खेल सुरु हुनुअघि सविन राईको कन्सर्ट हुनेछ।

प्रतिक्रिया दिनुहोस